अनलाईन न्युजपाटी पर्सा,समाचारदाता, बैशाख २२ गते
वडा अध्यक्ष बिना बनेको सर्बादलिय समितिले तिस्रो चरणको राहत बितरण गरेपछी अलौ बासीले धेरै प्रशंसाको पात्रो बनेको छ । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंकी वडा अध्यक्ष सुखरानी देवी यादव हुन् । तर वडा कार्यालय उनको पति बिरेन्द्र यादबले चलाउछन् । उनी आफ्नो पतिको ईसारामा वडामा रहेको बिभिन्न राजनितीक पार्टीलाई बहिष्कार गरि आफ्नो मनमौजि तरिकाले राहत बितरण गरदै आईकि छिन् ।
प्रदेश सरकार र स्थानिय सरकारले ऐन नियम अनुसार विश्वब्यापी रुपले फैलिरहेएको नोबेल कोरोना भाईरस को कारण लकडाउन लागु गरेपछि सरकारले बिपन्न गरिब बर्गा परिवारको लागि आएको राहतमा जनप्रतिनिधिहरु ले हिनामिना गरेको भेटन थालेपछि सरकारले राष्ट्रिय पार्टीको सहमतिले राहत बितरण गर्नु पर्नु भएपनि अलौको वडा अध्यक्षले कुनै पनि राजनीतिक पार्टीको प्रतिनिधि नराखि आफ्नो आसेपासे मात्र राखि सर्बदलिय समिति भन्ने गरि राहत बितरण गरदै आईकि हुन्।
वीरगंज महानगरपालिका वडा नम्बर १७ मा रहेको बिभिन्न राजनीतिक पार्टीहरुले लकडाउनको कारणले चुलो न बल्ने परिवारहरुको सहयोगलाई निस्वार्थ रुपले काम गर्नुको लागी जिल्ला समन्वय समितीका सदस्य एवम तत्कालीन समाजबादी पार्टी १७ को एकाई अध्यक्ष अमोद यादबको अध्यक्षतामा सर्बदलिय समिती गठन गरि ४०० घर परिवारलाई राहत बितरण गरेका छन्।
सर्बदलिय समितिले राहत बितरण गरेको देख्दा वडा अध्यक्ष पतिले आफ्नो प्यानल का वडा सदस्य जाकिर हुसैनलाई दलित बस्तीमा रहेको मोहम्द सलिम, मोराइल मिया पवरिया शरिफ मियालाई बोलाई राहतको चामल कुहिएको भनि बिवाद फैलाएको सर्बादलिय समितिले जनाएका छन् ।
वडा अध्यक्षको पति यादबले सर्बदलिय समितिले गरेको राहत बितरणलाई बिथोल्नको लागि आफ्नो पारको दुरुपयोग गरि प्रहरी बोलाए पानिटंकिमा जम्मा गरि राखिएको चामललाई कुहिएको हाल्ला फैलाई प्रहरीलाई सुचना दिएर बोलाई जबर्जस्ती गोदाम मा घुस्ने प्रयास गरेपछि सर्बादलिय समितिका प्रतिनिधिहरुले तपाई हाम्रो गोदाम किन जानुपर्ने हो। हामिलाई कसैले के भनेको छ । सर्बदलिय समितिले लिखित रुपले सूचना मागे पछि बिवाद भएको थियो।
वडा नं. १७ वडा अध्यक्षले छुट्टै सर्वदलिय समिति गठन गरेर आ—आफनो मनोमानी तरिकाले राहत वितण गरी विवाद गर्न खोजिएक सर्बदलिय समितिले वडा समितिलाई नसमेटेर आ—आफनो मनोमानी तरिकाले सर्वदलिय समितिले अलौंको पानीटंकी टोलमा वितरण गरेको राहतको चामल गुणस्तरीय रहेपनि वडा अध्यक्षको पति र छोराले एक जना स्थानीय प्रदीप शाहले मोबाईलमा भिडियो बनाएको हेरे पछि उनलाई हातपात गरेपछि केहि बेर स्थिति तनाव भएपछि प्रहरीले बल प्रयोग गरि स्थिति नियन्त्रणमा लिएको थियो।
सर्बदलिय समितिले हाल सम्म करिब ४००सय जना गरिब, अतिविपन्न परिवारलाई निश्पक्ष रुपमा राहत वितरण गरेको जनाएको छ । सर्वदलिय समितिमा रहेको संजु क्षतकुली, कृष्णदेव यादव, कनवर मंसुरी, हरीनायाराण प्रसाद यादव, प्रदीप साह र हरेन्द्र यादव लगायत लाई वडा अध्यक्षको पति गाली गलौज गर्दै आफूमाथि हातपातको प्रयास समेत गरेको हुनाले यिनिहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको माग समेत सर्बदलिय समितिका अध्यक्ष अमोद यादबले गरेको छन्।
आफु र सर्वदलिय समितिको माथि दुव्र्यवहार एवं गालीगलौज गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न सोमवार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने तयारी समेत गरेको सर्बदलिय समितिका अध्यक्ष यादवले बताउनु भएको छ ।