अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १ गते
कोरोनाभाइरस लकडाउनका कारण संसारको दोस्रो ठूलो चीनको अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिनामा ६.८ प्रतिशतले ओरालो लागेको थियो।
चीनले यो वर्षको पहिलो त्रैमासिकमा ठूलो मन्दीपछि दोस्रो त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको छ। बुधवार सार्वजनिक गरिएका विवरणमा चीनको कुल गार्हस्थ उत्पादन जीडीपी एप्रिलदेखि जुनमा बढेको देखिएको छ।
मारिको ओईका अनुसार चीनले अनपेक्षित रूपमा लकडाउनपछि अर्थतन्त्रमा सुधार गरेको हो। जर्मन ब्याङ्कको एक अध्ययनमा चीनको अर्थतन्त्रको पुनर्उत्थान लगभग पूरा भएको उल्लेख गरिएको छ।
बितेको मे महिनामा कोरोनाभाइरस महामारीका कारण चीनले सन् २०२० को लागि आर्थिक वृद्धिको लक्ष्य नराख्ने बताएको थियो। सन् १९९० यता चीनले वार्षिक वृद्धिको लक्ष्य नराखेको यो पहिलोपटक हो।