अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २२ गते
भारतमा कोरोना भाइरस संक्रमणको अवस्था भयावह बनेर गएको छ । अहिले भारत कोरोनाबाट प्रभावित हुने मुलुकमध्ये विश्वकै दोस्रो नम्बरमा छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ९१ हजार सात सय २३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित संख्या ४२ लाख दुई हजार पाँच सय ६२ पुगेको छ ।
कोरोनाका कारण ७१ हजार छ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन एक हजार आठ जनाले ज्यान गुमाए ।
संक्रमितमध्ये ३४ लाख ४७ हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । आठ लाख ८३ हजार पाँच सय ७८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।