गण्डकी प्रदेशमा आज बिहान फेरी थपिए ६७ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २१ गते

गण्डकी प्रदेशमा आज बिहान ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नयाँ संक्रमितहरुमा कास्कीका ३१ जना, गोरखाका १८ जना, नवलपरासी पूर्वका १५ जना र तनहुँका ३ जना रहेका छन् ।

कास्की जिल्ला, पोखरा महानगरपालिका, पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना मध्ये २६ र २३ बर्षका २ जना महिला स्वास्थ्यकर्मी (स्टाफनर्स) हुनुहुन्छ भने ३६ र २७ बर्षका २ जना महिला सहयोगी कर्मचारी हुनुहन्छ | त्यसैगरी कास्की जिल्ला, पोखरा महानगरपालिकामा रहेको पोखरा फूड्स प्रा.लि.मा कार्यरत १७ महिला र ८ जना पुरुष हुनुहुन्छ | नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी हुनुहुन्छ |

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ| यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *