अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २३ गते
भारतीय रिया चक्रवर्तीलाई नारकोटिक्स नियन्त्रण ब्यूरो NCB ले पक्राउ गरेको छ। सुशांत सिंहको मुद्दामा ड्रग्स एंगल भए पछि एनसीबीले उनलाई विगत केही दिन सोधपुछ गरिरहेको थियो।

उनका भाइ शौविक चक्रवर्तीलाई एनसीबीले यस अघि नै पक्राउ गरिसकेको छ। समाचार एजेन्सी एएनआईले नारकोटिक्स कन्ट्रोल ब्यूरोका उप-निर्देशक केपीएस मल्होत्रालाई उद्धृत गर्दै रियाको पक्राउको पुष्टि गरेको छ।
बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्युको घटनामा यो तेस्रो गिरफ्तार हो। बलिउड अभिनेता सुशांत सिंह राजपूतको मृत्युको सम्बन्धमा सीबीआई अनुसन्धान गरिरहेको छ। तर यो पक्राउ एनसीबीले लागुपदार्थको कारोबारमा गरेको छ।