अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ २४ गते
विश्वमा पछिल्लो २४ घण्टामा चार हजार दुई सय १७ जनाको मृत्यु भएसँगै मृत्यु हुने संक्रमितको संख्या नौ लाख २ हजार ३०६ पुगेको हो ।

विश्वमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड ७७ लाख ६१ हजार ७४८ पुगेको छ । एकै दिन दुई लाख ३७ हजार ८५ संक्रमित थपिए ।
एक करोड ९८ लाख ४५ हजार छ सय ६८ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । ७० लाख १३ हजार सात सय ३२ जना उपचाररत रहेकोमा ६० हजार तीन सय चार जनाको अवस्था गम्भीर छ ।