अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज ११ गते
भारतमा २४ घण्टाभित्रमा ८८ हजार नौ सय ४२ नयाँ सक्रमित थपिए । भारतमा संक्रमित संख्या ५९ लाख ९० हजार पाँच सय १३ पुगेको छ ।

९४ हजार पाँच सय ३३ जना संक्रमितको मृत्यु भइसकेको छ। २४ घण्टाभित्रमा एक हजार एक सय २३ जनाले ज्यान गुमाए ।
४९ लाख ३८ हजार छ सय ४१ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । नौ लाख ५७ हजार तीन सय ३९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।