अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २० गते
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका उनी अस्पतालबाट फर्किएका छन्। उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए।
राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताए।
हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्।
त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, “साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नडराउन आग्रह गरेका छन् ।
अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्।
डा. सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए।
उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए।
अमेरिकामा कोभिड-१९ का ७४ लाखभन्दा धेरै सङ्क्रमित भएका छन्। भाइरसबाट सङ्क्रमित दुई लाख १० हजार अमेरिकीको मृत्यु भएको छ।