अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ३० गते
जम्मु कश्मीरमा भारत र पाकिस्तानबीच भएको भिडन्तमा कम्तीमा १९ जना मारिएका छन् ।
पाकिस्तानी सेनाले चलाएको गोलि लागेर ५ जना भारतीय सेना र ६ सर्वसाधारणको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला पनि रहेको जनाइएको छ ।
नियन्त्रण रेखामा सीजफायर उल्लंघनपछि भएको भिडन्तमा अन्य २० जनाभन्दा बढी घाइते भएको उल्लेख छ ।
बन्दिपोराको दवार, कुपवाडाको केरन, बारामुडाको उरी र नौगाममा सिजफायर उल्लंघन भएको भारतीय सेनाको हवाला दिँदै द हिन्दूले जनाएको छ । समाचारमा पाकिस्तानको तर्फबाट नियन्त्रण रेखाका विभिन्न ठाउँमा सिजफायर उल्लंघन भएको दाबी गरिएको छ ।
साथै भारतीय सेनाले पाकिस्तानी सेनाका बंकरहरु ठूलो संख्यामा नष्ट गरेको पनि बताइएको छ ।