महाराष्ट्रमा बस र अटोरिक्सा ठोक्किँदा २६ जनाको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदादाता,माघ १५ गते।

भारतको महाराष्ट्रमा बस र अटोरिक्सा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ ।मङ्गलबार महाराष्ट्र राज्यको नासिक जिल्लामा भएको घटनामा बस र अटो ठोक्किएपछि दुवै साधन सडक छेउको कुवामा खसेका थिए । बस र अटो दुवै ६० फिट गहिरो कुवामा खस्दा त्यहाँ सवार यात्रुहरुको मृत्यु भएको हो ।कुवाबाट बस निकालिएसँगै १५ मृतकको शव फेला परेको थियो भने अन्य ११ को शव बस निकाल्न भन्दा पहिले नै उद्धारका क्रममा फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *