अनलाईन न्युजपाटी,एजेन्सी ,समाचारदाता,फाल्गुन १५ गते।
नया नागरिकता सम्बन्धी कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ। कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो। हिंसामा कम्तीमा २ सय ५० जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनकारी लाठी र बन्दुकसहित सडकमा आएपछि हिंसा भड्किएको हो। प्रदर्शनकारीले लुटपाट, आगजनी र तोडफोडसमेत गरेका छन्। खासगरी मुस्लिम बाहुल्य नयाँदिल्लीको उत्तरी–पूर्वी क्षेत्र हिंसाबाट बढी प्रभावित भएको जनाइएको छ।थप हिंसा हुन नरोकिएपछि ठाउँठाउँमा करफ्यू आदेश जारी गरिएको छ।