पाकिस्तानले देश भर सोमबार देखि लकडाउन खोल्ने तयारीमा

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, जेठ २५ गते

दैनिक कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको बेला पाकिस्तानको सरकारले सोमबार देखि लकडाउन खोल्ने भएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने प्रधानमन्त्री खानले बताएका हुन्।

कडाउन लामो समयसम्म राख्दा मध्यमवर्गीय तथा दैनिक ज्याला वर्गको अवस्था खराब बन्नुका साथै दशेको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने बताए। त्यसैले यहाँका अधिकांश शहरहरुका साथै देशका प्रमुख केन्द्र तथा बजार पसलहरु पनि खुल्ने भएको बताइएको छ।

पाकिस्तानमा पछिल्लो समयमा ४ हजार ७३४ जना संक्रमित थपिएको शनिबार बिहान जानकारी दिइएको छ। ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ९३ हजारभन्दा बढी पुगेको छ। सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ९३५ जना पुगेको छ। यहाँका ३२ हजार जना भन्दा बढीलाई निको भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *