अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २९ गते।
खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य भारतीय आयल निगमले वृद्धि गरेसँगै नेपाल आयल निगमले मूल्य वृद्धि गरेको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खाना पकाउने ग्याँसको भाउ एक वर्षपछि बढेको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।