अनलाईन न्युजपाटी बाके,समाचारदाता,माघ २९ गते।
मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजीका लागि बाँके प्रहरीले मोटरसाइकल चोर्ने गिरोह खोज्न विशेष टोली गठन गरेको छ । प्रहरीले गठन गरेको विशेष टोलीले ६ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राम बहादुर थापा, धिरेन्द्र विक्रम शाही, ईरसाद अहमद मुसलमान, छविलाल पुन मगर, नवराज रोका क्षेत्री, रंजित शर्मालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रानाले थापा र शाही मोटरसाइक चोर्ने र बेच्ने कार्यक्रम रहेको अनुसन्धानका क्रममा खुलेको बताएका छन् । भारत तथा नेपालगन्जमा मोटरसाइकल चोरी गरी पहाडी जिल्लामा बेचिने गरेको प्रहरीले जानकारी दिएकोछ ।
एसपी रानाका अनुसार पक्राउ परेका ब्यक्तिहरुसँगै चोरीका ११ मोटरसाइकल समेत बरामद गरीएको छ ।