निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १५ गते।

सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ ।

निषेधाज्ञा अवधीभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटसम्म खपत गर्नेलाइ ५० प्रतिशत र २५० सम्म ३० प्रतिशत छुट दिने निर्णय गरेको बताए।

उनका अनुसार साझेदारी, सह–लगानी लगायत सबै प्रकारका खानेपानी सामुदायिक सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमाण्ड शुल्क र महसुल पुरै छुट दिने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *