सुनको मूल्य ३०० रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १२ गते।

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सोमबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले नै बट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने तोलामा स्थिर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *