सुनको मूल्य १५ सय रुपैयाँले घट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २४ गते।

आइतबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी १ हजार २ सय ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *