अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ६ गते।
करिब २० वर्ष पछि पहिलो पटक खुल्ला गरेको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा आगामी जेठ २२ गते हुने भएको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै एजेन्ट छनोटको लिखित परिक्षा आगामी जेठ २२ गते दिनको १ बजे लिइने जनाएको छ ।

विभागले गत चैत १६ गते सार्वजनिक सूचना गर्दै एजेटका लागि दर्खास्त आह्वान गरेको थियो ।
उक्त आह्वानमा आवेदनको उल्लेखनीय सहभागी रहेको विभागले जनाएको छ ।
विभागका अनुसार परीक्षार्थीले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ । भन्सार एजेन्टले विभागको लाइसेन्सबिना काम गर्न पाउँदैनन् । निकासी र पैठारीकर्ताको काम सहजिकरण गर्न भन्सार एजेन्टले काम गर्छन् । लिखित परीक्षा र अन्तर्वार्ताबाट पास भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिन भित्र इजाजतपत्र दस्तुर बापत ७ हजार र धरौटीबापत ७ लाख रुपैयाँ जम्मा गरेपछि इजाजत पाउने भएका छन् ।