आज थपिए १२ सय ८१ जना कोरोना संक्रमित, कुल सङ्क्रमितको संख्या दुई लाख ८५ हजार ९००पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ६ गते।

आज पछिल्लो चौबीस घण्टामा थप १२ सय ८१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  आठजना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । यो सँगै नेपालमा तीनहजार ९१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *