पश्चिम नवलपरासीमा गोली लोड भएको पेस्तोल सहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,उर्मिला यादव यात्री,नवलपरासी,समाचारदाता,बैसाख ७ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर  ५ तरेनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका छन ।

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान  साढे चार बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको भारतिय नम्बर  प्लेट यु पी ५७ एजेड  ५०१९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुस्ता गाँउपालिका वडा नम्बर ५ तरेनी बस्ने भेडियार पालको साथबाट एक राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल सुस्ता गाँउपालिका वडा नम्बर ५ रामनगर ४ नम्बर  ठोक्करबाट  फेला पारेको हो ।

बरामद भएको पेस्तोल, गोली र भेडियार पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *