अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १४ गते।
शिक्षक सेवा आयोगले प्राथमिक (प्रा.वि.) तहको शिक्षक पदपुर्तिको लागि खुला विज्ञापन खोलेको छ।

शिक्षक सेवाआयोगले प्रा.वि. तहको १३०९३ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गर्न लागेको हो ।

विज्ञापन अनुसार माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।


विज्ञापनको सामान्य तर्फको परीक्षा आगामी चैत्र २० गते सञ्चालन हुने छ।