अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,पुस २५ गते।
नेपाल ज्योतिष परिषद को २३ स्थापना दिवसको अवसरमा गहवामाई मन्दिरमा बृहत सत्यनारायण व्रत कथा पुजा पाठ तथा हवन गरी विश्वको कल्याण र परिषद को प्रगतिको कामना गरि मनाईएको छ ।
सो धार्मिक कार्यमा संस्कृत पाठशालाका गुरुदेव बिजय तिवारी ले पुजन गराउनु भएको र पर्सा का अध्यक्ष ज्यो.प. सुरेन्द्र नाथ तिवारी ले यजमान को रुपमा पुजा गर्नु भएको थियो । ब्राह्मण समाज का अगुवा पण्डित नरेंद्र तिवारीले दीप प्रज्वलित गरी पुजन सुभारम्भ गर्नुभएको थियो ।

सो धार्मिक कार्यक्रम पश्चात सामाजिक कार्यक्रममा हिन्दुहरुको संस्कृति लाई जोगाउन क साथैआफनो संस्कृत भाषा पढ़ने ४ जना विद्यार्थिहरू लाई कम्बल ओढाई सम्मान गरिएको थियो भने अन्य १६ जना गरीब असहाय विद्यार्थीलाई पाठ्य सामग्री वितरण समेत गरिएको थियो । साथै सामाजिक कार्यक्रम पनि पर्साका अध्यक्ष सुरेन्द्र नाथ तिवारीको अध्यक्षता र परिषद का केन्द्रिय उपमहासचिव ज्योतिष सम्राट पं. पुरुषोत्तम दुबे को प्रमुख आतिथ्य मा सम्पन भएको थियो भने स्वागत भाषण पर्सा का उपाध्यक्ष ज्यो.पं. लालबाबु पांडे ले गर्नु भएको थियो ।
बिशिष्ट अतिथिद्वय ब्राह्मण समाज पर्सा का अध्यक्ष हरिनारायण मिश्र, पुरी पीठ परिषद का नेपाल प्रभारी डॉ अनिल झा,हिन्दू परिषद का केंद्रीय कोषाध्यक्ष संजय कुमार सर्राफ,पुर्व जिल्ला अध्यक्ष ज्यो.श्याम सुंदर पांडेय, ब्राह्मण समाज पर्साका सचिव बृजमोहन तिवारी, ज्यो. धुर्व नारायण पांडेय, अनिरुद्ध मिश्र, प्रभात चौरसिया प्रदेश का सह सचिव नारायण बाबा, स्वामी राजीव रंजन भारद्वाज मन्तव्य दिनु भएको थियो भने वरिष्ठ सलाहकार प. उपेंद्र चौबे र जिल्ला सचिव ओमप्रकाश मिश्रले कार्यक्रम सहजिकरन गर्नु भएको थियो ।