अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २६ गते।
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सभाको आज बस्ने बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ । दिउँसो १ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ । यद्यपि राष्ट्रय सभाको कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने उल्लेख छैन ।
प्रधानमन्त्री आफैँले राष्ट्रिय सभामा सम्बोधन गर्ने भनेकाले तयारी गरिएको बताइएको छ ।
बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ ।