पश्चिम नवलपरासीको सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

अनलाईन न्युजपाटी उर्मिला यादव नवलपरासी,समाचारदाता,फागुन १९ गते।

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा  सेनेटरी प्याड वितरण मंगलबार  एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।  समृद्धि सामाजिक बिकास संस्था पश्चिम नवलपरासीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर ६  वडा कार्यालयको सहयोगमा मंगलबार  एक सय  जना किशोरीहरुलाइ महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको हो ।  संस्थाका अध्यक्ष महेश यादवको अध्यक्षता तथा वडा अध्यक्ष कैलाश यादवको प्रमुख अथित्यतामा  सरावल गाउँपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र जनता माध्यमिक बिद्यालय गडौरी र जनता माध्यमिक बिद्यालय भुजहवामामा अध्ययनरत ,   किशोरीहरुलाई महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण  गरीएको संस्थाका अध्यक्ष यादवले बताउनु भएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले महिनावारी भएको  बेलामा किशोरीहरुलाई धेरै नै समस्या खेप्नु पर्ने भएको हुनाले  उपयुक्त प्याडको आवश्कता समेत भएको बताउनु भएको छ ।  सो अवसरमा बाल्दै अध्यक्ष महेश यादवले किशोरीहरुलाई  सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता दिदै महिनावारी आएको बेलामा धैर्य पुर्बक आफनो स्वास्थ्यको हेरचाह गर्नुपर्ने र प्याडको प्रयोग  गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा सरावल गाउपालिका वडा नं. ६ का वडा सदस्य बिन्दा देबि धोबि , अनन्ता देबि चौधरि , महेन्द्र जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिपाल यादव , लगायतको  सहभागीता रहेको थियो । कार्यक्रममा  महेन्द्र जनता माध्यमिक बिद्यालयका  ५० जना किशोरीहरु र जनता माध्यमिक बिद्यालय भुजहवाका ५० जना किशोरीहरुलाई तालिम प्रदान र प्याड उपलब्ध गराईएको हो । सरावल गाउपालिका  वडा नम्बर ५ को स्वास्थ चौकि अनमी सपना सुनारले कार्यक्रामको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव संजय जयसवालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *