पिपरा गाउँपालिका ५ सहोरवाका मुसाफिर झा र उनकी पत्नी गीता देवीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा पनि प्रदर्शन

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १ गते।

पिपरा गाउँपालिका ५ सोहडवाका मुसाफिर झा र उनकी पत्नी गीता देवीको अवस्था सार्वजनिक गर्न माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ ।

फागुन १० गते रातिदेखि बेपत्ता भएका झा दाम्पतीको अवस्था अझै अज्ञात छ । प्रहरीले घटनाका सम्बन्धमा अझैसम्म कुनै ‘क्लू’समेत भेट्टाउन सकेको छैन ।

झा दम्पती १९ दिनदेखि बेपत्ता छन् । उनीहरू सुतेकै ठाउँबाट बेपत्ता भएका हुन् । झा दम्पती बेपत्ता भएको घटनामा प्रहरीले चासो नदेखाएको र प्रहरीको भूमिकामाथि प्रश्न उठेको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा आफन्तले जनकपुरको जिरोमाइलमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

यसअघि झाका आफन्तले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिएका थिए ।

उनीहरूको हत्या गरी पोखरीमा फालेको हुनसक्ने आशंकामा प्रहरीले दर्जनौँ पोखरीमा डुंगा र जाल बिछ्याएर सर्च अपरेसन चलाएको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

विष्टका अनुसार विभिन्न ठाउँमा खाल्डो खनेरसमेत उनीहरुको खोजीकार्य भइरहेको छ ।

अनुसन्धानको क्रममा प्रहरीले हालसम्म ३० जनाभन्दा बढीलाई पक्राउ गरी सोधपुछ गरेको छ । तीमध्ये चार जनालाई हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *