सिरहाको चौथो एकदिब्य सिय ईस्लाहे मोआशरा कन्फरेन्स सुरु

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत १३ गते।

मुस्लिम धर्मावलम्बीहरुको जल्सा सिरहाको कल्याणपुर नगरपालिकामा १२ बेल्हामा सुरु भएको छ। पुर्व गाबिस अध्यक्ष तथा मदरसा ब्यवस्थापन समितिको अध्यक्ष मोहमद रजाक राईन को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।

नेपालको पुर्व उप प्रधान मंन्त्री प्रकाश मान सिंह ले  उक्त जल्सा कार्यक्रमको बाईनर पढेर उदघाटन गरेका थिए।प्रमुख अतिथि सिंह का अनुसार हाम्रो देश विभिन्न जात जाति र धर्म सांस्कृतिक धर्मावलम्बीहरुले सिंगारीएको हो।सबै धर्म सांस्कृतिक लाई समबर्धन र संरक्षण गरी अगाडि बडनुपर्छ।

शिक्षाको मुल धारमा ल्याउन देशका बिधायलय जस्तै मदरसा पनि विद्यार्थी लाई मुलधारमा पुगाउने माध्यम नै हुन् भन्दै बिश्वास व्यक्त गरेका थिए। सबै धर्म सांस्कृतिक लाई संरक्षण गर्दै अगाडि बढनु पर्छ पुर्व उपप्रदान मंन्त्री सिंहले बताउनुभयो ।

विशिष्ट अतिथिमा कल्याणपुर नगर पालिका का मेयर सुर्यनाथ मंण्डल उपमेयर रोहनी कुमारी यादव  अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव , स्थानीय सांसद मोहम्द मुखतार आलम ,काङ्ग्रेस नेता शुनिल महतो ,नेकपा नेता प्रमोद यादव ,

कल्याणपुर नगर पालिकावडा नम्बर ६ भोक्रहाका अध्यक्ष मोतिबुल राईन , नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति दिनेश्वर प्रसाद गुप्ता रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वक्रमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह अनुभक्त चौधरी ,न्युज टिभि युटुबका संतोष यादव, मोहम्मद करीम लगायतका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *