अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,चैत १५ गते।
मिथिलाको बहुचर्चित धार्मिक एवं एतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा आज अन्तरगृह परिक्रमा पश्चात सम्पन्न हुदैछ ।
जनकपुरबाट विधिवत रुपमा शुरु भएको परिक्रमा फागु पुर्णिमा अर्थात आजको दिन जनकपुरको अन्तरगृह परिक्रमा पछि सम्पन्न भएपछि जनकपुरमा फागु उत्सव मनाउने तयारी शुरु हुनेछ ।
अन्तगृह परिक्रमाको भोली पल्ट जनकपुरमा होली मनाउने परम्परा छ ।त्यसै अनुरुप जनकपुरमा यस वर्ष सोमवार होली मनाइने साइत परेको छ । मिथिला बिहारी (रामजानकी) को डोलासंगै परीक्रमा गर्दा विभिन्न प्रकारका रोग,दुःख,कष्ट कलेशबाट मुक्त एवंम नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहि आएको छ ।
परिक्रमा धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १ सय २० किलो मिटर भु–भागको यात्रा गरिन्छ ।
परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर,भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरधामको अन्तर गृह परिक्रम गरि मध्य परिक्रमा गरिन्छ ।
यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यमा परिक्रमा सम्पन्न हुने गर्दछ ।
मिथिला माध्यमिकी परिक्रममा सहभागि हुन छुटेका श्रद्धालुहरु अन्तिम दिनको अन्तरगृह परिक्रममा सहभागि हुदा पनि पुण्यको भागी बनिन्छ भन्ने विश्वास छ ।