सिरहाको भगवानपुरमा बाला सुन्दरी महोत्सव सुरु

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, बैसाख २ गते।

सिरहाको सिमाबर्ति गाउँपालिका भगवानपुरमा बाला सुन्दरी भगवती महोत्सव सुरु भएको छ ।

पौराणिक धार्मिक आस्था बोकेको बाला सुन्दरी भगवती ले लामो समय देखि उक्त ठाँउमा भाक्ल र निस्नतान दमपतिहरुले पुजा गर्ने गरेको हो।बाला सुन्दरी भगवती नेपालको शक्ति पिठ मध्ये एक हुन्। भगवती लाई दर्शन गर्न नेपाल लगायत छिमेकी मुलुक भारतका बिहार राज्यका ब्यक्तीहरु दसौंको बेला दर्शन गर्न भिड लाग्ने गरेको देखिन्छ ।

नेपाल र भारतको सिमासंग जोडीएको भएको ले निरन्तर भक्तजनहरुको भिड लाग्ने गरेको स्थानीय रमेन मंण्डलले जानकारी दिनुभयो।गाउँपालिकाको अध्यक्ष बेच्न प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उद्योग पर्यटन वन तथा बाताबरण मंन्त्री सुरेश मंण्डल ले पानसमा बति बालेर महोत्सवको उदघाटन गरेका थिए ।

गाउँपालिकाको प्रमुख प्रसास्किय अधिकृत दिलीप कुमार यादवको बिशेष पहलमा महोत्सव कार्यक्रमको आयोजना भएको हो। बाला सुन्दरी भगवती सबैको धार्मिक आस्थाको दरवार भएको ले सबै हिन्दु धर्मावलम्बीहरुलाई आफ्नो धर्मप्रतिको आस्था अझै बलियो होस भने प्रमुख यादवको बुझाई छ ।

कोरोना भाईरसको मध्य नजर गरी सामाजिक दुरी कार्यम गरी माक्र्स र सेनिटाईजर वितरण र प्रयोगको ख्याल गरी उक्त कार्यक्रमको आयोजना गरेको हो

अतिथिहरुमा नेकपाको जिल्ला कमिटी सदस्य तथा युवा नेता उग्र नारायण यादव लगायतका विभिन्न पार्टीका पर्तिनिधीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *