जनकपुरसहित तराईमा आज चैती छठ धुमधामका साथ मनाइदैँ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ५ गते।

चैती छठ आज धुमधामका साथ मनाइदैँ छ ।

आज सझुका अर्घ दिइ भोली विहानको अर्घ दिएर छठ पर्व सम्पन्न हुने विधि छ । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु शनिवार पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

मिथिलामा शारदीय र बासन्ती गरी वर्षमा दुई पटक छठपर्व मनाउने परम्परा छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने शारदीय (कैतकी) र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने बासन्ती (चैती) छठ पर्वको विधि र आवश्यक सामग्री भने एकै प्रकारका छन् । तराईमा शारदीय छठजति बासन्ती छठ मनाउने चलन भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *