अनलाईन न्युजपाटी,इसत्याक अहमद,रौतहट ,समाचारदाता,बैसाख ९ गते।
जिल्ला कै पहिलो स्थानिय तह राजपुर नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा ARV खोप केन्द्र जिल्ला प्रमुख अधिकारी ईन्द्र देव यादव, राजपुर न.पा.का नगर प्रमुख मो_. सकिल_अख्तर, कार्यालय प्रमुख बैजु ठाकुर र जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख समेतले उदघाटन गर्नुभएका छ्न ।
राजपुर नगरवासिहरुको लागि अब खुशिको खबर छ कि नगर प्रमुख मो._सकिल अख्तर र कार्यालय प्रमुख #बैजु_ठाकुर लगायत स्वास्थ्य तर्फका कर्मचारिहरुको बिशेष पहलमा प्राथमिक स्वास्थ्य केन्द्र, राजपुर फरहदवामा ARV (कुकुर, स्याल टोकेको विरुद्ध) खोप उपलब्ध गराउनु भएकोमा जिल्ला प्रमुख अधिकारी इन्द्र देव यादवले बधाई तथा धन्यवाद ब्यक्त गरेका छन ।