अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख ९ गते।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ लाख नाघेको छ । १ लाख ८४ हजार ६५७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ६७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेशमा ३३ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
यस्तै दिल्लीमा पनि २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा २३ तथा केरलामा २२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमण बढेसँगै भारतका विभिन्न राज्यले सामाजिक गतिविधिमा कडाइ गरेका छन् । यद्यपि, भारतमा कोरोना संक्रमण नियन्त्रणमा भने आएको छैन ।