महोत्तरीका वृद्ध झा दम्पती हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सातजनामध्ये एक वृद्धा दुई लाख धरौटीमा छुट्यो

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख १७ गते।

महोत्तरी जिल्ला अदालतले, गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछयानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा सात जनालाई आज जेल चलान गरेको छ ।

पक्राउ परेका सातजनामध्ये एक वृद्धालाई दुई लाख धरौटीमा छोड्न महोत्तरी जिल्ला अदालतले आदेश दिएको छ ।

अदालतले पिपरा गाउँपालिका– ५ सहोडवानिवासी वृद्धा तारादेवीलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको तथा थप अभियुक्तहरू उनकै जेठा छोरा कैलाश झा, कान्छा छोरा बब्लु भन्ने विकास झालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ । 

यता सोही मुद्दामा रगत भेटिएको र अन्य विभिन्न सबुत प्रमाणको आधारमा प्रहरीले पक्राउ गरेका थप चारजना सोही ठाउँ निवासी ५२ वर्षीय रामबाबु यादव, उनका जेठा छोरा २६ वर्षीय कैलाश झा र कान्छा छोरा २४ वर्षीय  राजेन्द्र झा तथा भारत बिहार घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका– ६ बनौली चोक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई समेत पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *