अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,साउन २२ गते।
पर्सा प्रहरीले लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको वडा प्रहरी कार्यालय श्रिपुरवाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा न. १६ बसपार्क स्थित चेकजाँच गर्ने क्रममा शंकितरुपमा पैदल हिँडिरहेको वडा नम्बर ९ रामटोल बस्ने बर्ष ४५ को जितेस श्रीवास्तवलाई शंका लागि चेकजाँच गर्दे लागू औषध फेला परेको प्रहरीले जनाएको छ।
श्रिवास्तवले बोकेको दुई वटा झोलाभित्र लुकाइछिपाई ल्याएको लागु औषध ONEREX-100 ml को २३१ बोतल फेला परेकोले उल्लेखित लागु औषधहरू बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनकारी दिए ।
साथै बुधबार अं.१३:३० बजेको समय वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्यगेटबाट जिल्ला काठमाण्डौ का.म.न.पा. ४ सितापाईला बस्ने वर्ष ३२ को बिमल श्रेष्ठ र जि.मकवानपुर हेटौडा उ.म.न.पा.११ बस्ने वर्ष २१ को डेनिएल तामाङलाई ना.४१ प ६८४४ नम्बरको स्कुटीको डिक्कीमा लुकाई ल्याएको लागु औषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी जम्मा ९० एम्पुल सहित पक्राउ गरेको हो ।
त्यस्तै बिहीबार १२:०० बजेको समय वीरगञ्ज म.न.पा.वडा नं.१६ रजतजयन्ती चोकबाट जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.४ बस्ने वर्ष २७ को बिकाश देउलालाई ना.२३ प २५६५ नम्बरको स्कुटीको डिक्कीमा लुकाइछिपाई ल्याएको लागु औषध Codeine Phasphot Syrup १०० ml ३३ बोत्तल, नाईट्राभेट ७५ ट्याब्लेट र Spacore Nonplus ८ ट्याब्लेट सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनकारी दिए ।