अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,साउन २७ गते।
मुद्दा मिलाइ दिने भनि ठगी गर्ने धनुषाका एक युवक महोत्तरीमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको २६ वर्षीय छोरा सुरज कुमार शर्मा रहेको प्रहरीले जनाएको छ ।
उनलाई महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ जिरोमाइलबाट पक्राउ गरिएको हो । उनले एकडारा गा.पा. वडा नं.४ चकवा चोकबाट लागूऔषधसहित पक्राउ परेका गौतम शर्मालाई छुटाउन तथा मुद्दा मिलाउनको लागि विभिन्न सरकारी कार्यालयहरूमा कुरा मिलाउनु पर्छ भनि झुठो आश्वासन दिई पौने चार लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताए ।
प्रतिवादी गौतम शर्माको श्रीमतीसंग रकम ठगी गर्ने जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको छोरा सुरजलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।