यातायात व्यवस्था कार्यालय बर्दिबासले अब ट्रायल पास गरेकै दिन लाइसेन्स दिने

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ २० गते।

अब ट्रायल पास गरेकैदिन सवारीचालक अनुमति पत्र (लाइसेन्स) दिन यातायात व्यवस्था कार्यालय बर्दिबासले सुरु गरको छ ।

ट्रायल पास गरेकै दिन एकवर्षे परीक्षण काल भएको लाइसेन्स कार्यालयले उपलब्ध गराउन सुरु गरेको यातयात प्रमुखले जानकारी दिए ।

एकवर्षका लागि क्यूआर कोडसहितको परीक्षणकालिन लाइसेन्स वितरण सुरु गरेको बताए ।

लिखित र ट्रायल पास गरेको वर्षदिनमा समेत स्मार्ट लाइसेन्स नपाउँदा धेरै सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।

एकवर्षे परीक्षणकालिन लाइसेन्स वितरणले सर्वसाधारणले राहत पाउने प्रमुखको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *