अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ २७ गते।
जनकपुरधामको आयोजनामा स्थानीय रामचोकस्थित गणेश मन्दिरमा गणेश जन्मोत्सव मनाईंदैछ । शुक्रबार चतुर्थी तिथिको दिन धनुषसागरको पश्चिमवर्ती तटमा अवस्थित गणेश मन्दिरमा विधिबिधान पुर्वक पुजा प्रारम्भ भएको छ ।
पुजा प्रारम्भ भएपछि शनिबारदेखि भदौ बुधबार सम्म मेलाको आयोजना गरिएको जानकारी कमिटिका अध्यक्ष सन्तोष कुमार महतोले दिए ।
लगातार २३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको गणेश मेलाको अवसरमा यस वर्ष पनि मन्दिर तथा रामचोक स्थित रामटावरलाई दुल्ही झैं सजाईएको छ ।
ऐतिहासिक पोखरी धनुष सागरको तटमा अवस्थित गणेश मन्दिर वरपरका क्षेत्र रमणीय स्थलको रुपमा परिणत भएको छ ।