राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गर्ने पक्राउ परेका ११ जना शिक्षकहरु रिहा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १० गते।

राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा तालाबन्दी गर्ने पक्राउ परेका ११ जना शिक्षकहरु रिहा गरिएका छन् ।

भ्रमरपुरा चोक स्थित विश्वविद्यालयको कार्यालय मुख्यद्वारमा आन्दोलनरत शिक्षकहरुले लगाएको ताल्चा प्रहरीले खुलाउने प्रयास गरेपछि तनाव उत्पन्न भएको थियो । त्यस पछि प्रहरीले आन्दोलित शिक्षकहरुलाई पक्राउ गरी ताल्चा फुटाएका थिए ।

बिहान ११ बजेतिर पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयको डीएसपी कक्षमा तीन घण्टासम्म नियन्त्रणमा राखिएको शिक्षक दिलीप यादवले बताए । यता, डीएसपी जितेन्द्र कुमार बस्नेतले शान्ति सुरक्षालाई मध्यनजर गर्दै शिक्षकहरुलाई वार्ताको लागि बोलाइएको जानकारी दिएका छन् ।

आन्दोलित शिक्षकहरुलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी समक्ष वार्ताको लागि लगिएको डीएसपी बस्नेतले वताए ।

आन्दोलनकारी शिक्षक यादवले बताए अनुसार प्रजिअ बन्धुप्रसाद बास्तोलाले विश्वविद्यालयका उपकुलपति भरत झासंग यस विषयमा छलफल गरेपछि समस्याको समाधान गर्ने आश्वासन दिएका छन् ।

आश्वासन पछि आन्दोलित शिक्षकहरु आन्दोलनको कार्यक्रम तत्कालको लागि स्थगित गर्ने वचनवद्धता गरेको जनाइएको छ । कन्ट्रयाक्ट शिक्षकहरुले करारमा राख्नु पर्ने एक सूत्रीय माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *