सप्तरीको महिला शिक्षकहरुले ५ दिने मनोसमाजिक तालिम लिदै

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर २९ गते।  

सप्तरीको सुरुङ्गा नगरपालिकामा महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धिको लागी सवल नेपाल र सेभ द चिल्ड्रेनले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको छ्। उक्त तालीम सप्तरीको सुरुङ्गा नगरपालिका स्थित र श्री मसिलाल जनता माद्यामिक बिधालय कुशहाको सभाहलमा संचालन भएको छ्।

सहभागीहरुले बालबालिकालाई मनोसामाजिक सहयोग गर्न आवश्यक ज्ञान तथा सिप हासिल गराउने,आफनो तनाव र त्यसको व्यवस्थापन सम्बन्धि ज्ञान तथा सीप हासिल गर्ने अभिप्रायले कक्षा कोठा व्यवस्थापन तथा प्रभावकारी सिकाई बारे जानकारी पाउने उदेश्यले उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको छ्।

सुरुङ्गा नगरपालिकामा आधारभूत ,प्राथमिक,माध्यमिक गरी जम्मा ३१ वटा बिधालय रहेका छन्। जस मध्ये २५ बिधालयका महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धि गर्ने अभिप्रायःले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको हो। विद्यालयको महिलाहरुले बाल विकास लगायत  कक्षा १ र २ मा अध्यापन गराउने महिला शिक्षकहरुको सहभागीता रहेको थियो ।

शिक्षा बिध तथा कुशल सक्षम प्रशिक्षक फनिन्द्र अधिकारी, मनिष प्रसाद राय,लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन्। सबल नेपालको शिक्षा क्षेत्रको प्रोग्राम सुपर भाईजर राधा कुमारी चौधरीले जानकारी दिनु भयो।उक्त तालीम मंसिर २५ गते देखि सुरु भएको थियो भने मंसिर २९ गते  सम्म सम्पन्न हुने आयोजकले जानकारी दिनु भयो। कार्यक्रममा २५ जना महिला शिक्षकहरुको सहभागीता रहेका छन्।

तालिमको उदेश्यमा सहभागीहरुमा बालबालिकाहरुको मनोसामाजिक सु स्वास्थयको अवधारणा गत बुझाईमा स्पष्टता ल्याउने मुख्य उदेश्य रहेको शवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

उक्त कार्यक्रमको तालीममा सहभागीहरुमा आशा कुमारी चौधरी,टिजन खडका,ज्ञानु राउत,रिता साह,गरी जम्मा २५ जनाको सहभागिता रहेको थियो।

तालीम अनुगमनका लागी सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकारी हिरा लाल राना शिक्षा अधिकृत धनबहादुर फुलामी

शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र यादव सेभद चिल्ड्रेनका शिक्षा वरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला लगायतका ब्यक्तीहरुले अनुगमन गरेका सवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *