सिरहाका सयौं अटो चालकहरु आन्दोलित

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,पुस ५ गते।  

बस ब्यवसायीहरुले आफूहरुलाई हेला र दमन गरेको भन्दै ब्यवसायी र स्थानीय सरकारको विरुद्धमा सयौं अटो चालकहरु आन्दोलित आन्दोलीत भएका छन्।

लहान देखी ठाडी सम्म चल्ने ३ तीन प्राङ्रे अटो चालक चालकहरु लहान र ठाडीमा पार्किङ समेत गर्नमा रोक लगाउने बस ब्यबसायीहरुको विरुद्धमा श्री लक्ष्मी भगवती अटो प्रालिका अध्यक्ष लगायत सम्पुर्ण पदा अधिकारीहरु कडा रूपमा आन्दोलनमा उत्रिएका छन्।

श्री लक्ष्मी भगवती अटो प्रालिका अध्यक्ष मुक्ति नाथ यादवका नेतृत्वमा संघ संग आवद्ध रहेका सयौं अटो चालकहरुले सिरहाको दक्षिण बर्ती गाउँपालिका भगवानपुर चौकमा टाईर बालेर न्यायको लागी सडक आन्दोलनमा उत्रिएका छन।

आन्दोलन कर्ताहरुमा अध्यक्ष मुक्ति नाथ यादव,उपाध्यक्ष रघुनाथ मंण्डल,कोषाअध्यक्ष जितेन्द्र पासमान,सचिब पपु कुमार साह,सह- सचिब उमेश कुमार यादव,सल्लाहकार राम शरण यादव,एकाई अध्यक्ष राम टहल साह,उपाध्यक्ष मो. कारुन सचिब मो.मकिम लगायतका पदाअधिकारीहरुले सडक आन्दोलनमा उत्रिन बाध्य भएका छन्।

आफुहरु ऋण कर्जा लिएर अटो खरिद गरेको छु भन्दै हामी सबै गरीबका छोरा छोरीहरु हौं। हामीहरु अटो चलाएर घर परिवार र जिबिको पार्जन गर्ने गरेको अनलाईन न्युजपाटीका पत्रकार महेश सिंह संग दुखेसो पोखेका थिए।संघमा आवद्ध रहेका अधिकांन्स चालकहरुले रोड प्रमीट अर्थात नेपाल सरकारको बकैता कर तिर्दै आएका छन्। लोकतन्त्रमा सबैको बोल्ने र अधिकार माग्ने कुरा जाईज रहेको ऊनीहरुले बुझ्ने गरेको हो।

संघीयताको देशमा कसैले कसैलाई दमन, हेला र अपमान र अधिकार हनन गर्न पाउदैन भन्दै जोडदार रूपमा सडक आन्दोलनमा उत्रिएका छन्। उक्त चालकहरुले करिब ३ बर्ष देखि बस ब्यवसायीहरुबाट सोषित र दमन खेप्दै र सहन गर्दै आएको प्रालिका अध्यक्ष मुक्ति नाथ यादवले बताए। बसबालाहरुले हाम्रो श्री लक्ष्मी भगवती अटो प्रालिका संघ आवद्ध रहेका चालकहरुलाई विभिन्न किसिमको धाख धम्कि र सबारीमा प्यासेनजर समेत चढाउन न दिएको अवस्था रहेको पीडितहरुको आरोप रहेको छ।

आफुहरु न्यायका लागी पटक पटक भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवसंग छलफको लागि समय माग गरे पनि वास्ता नगरेको पीडितको आरोप छ। बस ब्यबसायी संघ र अटो ब्यवसायी बसेर छलफको लागी स्थानीय गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादबले समय दिएर पनि छ्लफलमा उपस्थित नभएको ऊनीहरुको आरोप रहेको छ।

स्थानीय सरकारको विरुद्धमा भगवानपुर गाउँपालिका कार्यालय अगाडि सयौं अटो चालकहरु नारा जुलुस गर्दै धारणामा बसेका थिए। हाम्रो माग पुरा भने हामी गाउँपालिका मा समेत तालाबन्दी गर्ने र सडक समेत अबरुद्ध गर्ने र आन्दोलनको कार्यक्रमहरु अगाडि बढाउने स्थानीय सरकारलाई चेतावनी दिनु भयो।

आन्दोलन कै क्रममा सशस्त्रका इन्स्पेक्टरले आज दुबै पक्षले बसेर छ्लफल गर्ने र निर्णयले आन्दोलन यथाबत अर्थात थाति रहेको छ। यदी हाम्रो माग पुरा भएन भने हामी पुनः आन्दोलनमा जाने चेतावनी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *