अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,पुस १३ गते।
सिरहाको लहान नगरपालिका वडा नम्बर २ मिलन चौक स्थित माँ भवानी टूर्ड्स एन्ड ट्राभल्स संचालन गर्दै आएका महोत्तरी जिल्लाको गाबिस पिपरा वडा नम्बर १ बस्ने राम आशिष महतोको छोरा बर्ष ४५ को लालबाबू महतोले वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै करिब सयौ जना संग ४ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका छन्।
पहिले बाबु (राम आशिष महतो) धामी झाखरीको काम गरेर निकै चर्चा बटुलेका थिए । पछि लहान नगरपालिका वडा नम्बर २१ बस्ने राजेन्द्र प्रसाद यादवको घरमा बाबु(राम आशिष महतो) र छोरा (लालबाबू महतो) मिलेर माँ भवानी टूर्ड्स एन्ड ट्राभल्स कार्यालय संचालन गर्दै आएका थिए। गरीब दलित निमुखा जनतालाई ठगी गरी कार्यालयमा तलचा लगाएर विगत ५ दिन देखि राम आशिष महतो र लालबाबू महतो फरार भएका छन्।

लहान नगरपालिका वडा नम्बर २ का वडा कार्यालयको भवन छेउमा संचालित माँ भवानी टूर्ड्स एन्ड ट्राभल्स वैदेशिक रोजगारको नाउँमा करोडौं रुपियाँ अबैध वसुली गर्दै आईरहेको थियो । साथै उक्त टूर्ड्स एन्ड ट्राभल्स कार्यालय मार्फत वैदेशिक रोजगारमा गएका सयौं ब्यक्तीहरु हाल खाडी मुलुकमा अलपत्र परेका छन्। उनले करिब १५ जनालाई ३,५,६र९ लाखका दरले वाउन्स चेक समेत दिएका छन्।

ठगीमा परेका ब्यक्तीहरुको दिनहु उक्त टूर्ड्स एन्ड ट्राभल्स कार्यालय अगाडि मेला लाग्ने गरेका छन्। वैदेशिक रोजगारमा जाने ब्यक्तीहरुले ऋण साप्ट लिएर लालबाबु महतोलाई पैसा दिएका छन्। उक्त पीडित ब्यक्तीहरुको अहिले बिचल्ली भएका छन्। ठगीमा परेका ब्यक्तीहरुले दिनहु कार्यालयमा धाउने गरेका छन् ।