अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २१ गते।
आइतबार रातिदेखि हिमाली क्षेत्रमा हिमपात हुँदा तराई शीतलहरको मारमा परेको छ । सोमबार दिउँसोभर पहाडमा बस्नेहरुले पनि घामको न्यायोसंग साक्षात्कार गर्न नपाउँदा समग्र देशभर चिसोको प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान माहाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल देशभर सामान्य बदली रहेको छ ।
दिउँसो : देशभर सामान्य बदली रहने छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहि सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।
मौसम पूर्वानुमान माहाशाखाका अनुसार बुधबारसम्म घाम नलाग्ने र उच्च हिमाली भेगमा हिमपात एवं पहाडी तथा तराईमा हुस्सु र कुहिरो लाग्ने छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।