अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा दुईजना चिनियाँ नागरिकसहित ४ जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २४ गते।

काठमाडौंबाट प्रहरीले दुई चिनियाँसहित ४ जनालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ ।

तिलगंगास्थित होटल आनन्दबाट पुस १९ मा चिनियाँ नागरिक लिउ विपिङ्ग र लि जियाओनिङ्गलाई सिन्धुपाल्चोकका दुई जनाले अन्य दुई चिनियाँसँग मिलेर अपहरण गरेका थिए ।

पक्राउ पर्नेमा चीनको सान्दोङ्ग छिन्दिय घर भइ ठमेल बस्ने राहदानी नम्बर ईबी ७८४९४२८५ वाहक वु चाओ, चीनको आङ्गखोई उहु घर भइ ठमेल बस्ने राहदानी नम्बर ईओ ९८०९६३६ भएका झाङ विई, सिन्धुपाल्चोकको भोटेकोशीका माइला भनिने भक्ते लामा र दावा पासाङ लामा छन् ।

अपहरणकारीले चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोकको मार्मिङमा लगेर कुटपिट गरेको पीडितले प्रहरीलाई बताएका छन् । दावा लामा समूहको कुटपिटबाट घाइते चिनियाँको ग्वार्कोस्थित विएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।  आरोपीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्धा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *