शनिबार राति बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,पुस २६ गते।

शनिबार राति पौने १० बजे बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ।

८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै गोली फायर गरेको थियो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षकले जानकारी दिए

घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका- ६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ। साथै १०२ किलो गाँजा पनि बरामद भएको डीएसपीले बताए

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *