अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २६ गते।
आईतवार विहान विद्यालय जाँदै गरेकी एक छात्राको ट्याक्टरले किचेर धनकुटा बजारमा घटना स्थल मै मृत्यु भएको छ ।
सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा बिहान करिब ९:३० बजे ट्याक्टरले किचेको हो ।
उनी आफ्नी वहिनी त्रिवेणी माविमा कक्षा–५ मा अध्ययनरत लोजिना आठपहरियासंगै विद्यालय आउने क्रममा दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा परि मृत्यु भएकी रेविकासंग त्रिवेणी मावि कै कक्षा–९ मै अध्ययरनत साथी मोनिका आठपहरिया र कक्षा–२ मा अध्ययनरत छात्र प्रतिक आठपहरिया पनि दुर्घटना परेकोवेला संगै थिए । उनीसंगै तिनै जना सकुशल रहेका छन् ।
विद्यार्थी आउँदै गरेको अवस्थामा हेलचेक्राई गरेर चालकले वालुवा अनलोड गर्दा घटना भएको उनको आरोप छ ।
चालक विश्वकर्मा र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक वालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।