धनगढीमा एकजना मृत अवस्थामा फेला

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ १ गते।

धनगढीमा एकजना मृत भेटिएका छन्। हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

हेलमेट लगाएको अवस्थामा भेटिएका ती पुरुषको शवसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। 

हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *