अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ ३ गते।
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ५ मा भएको आगलागीमा डेढ करोड बढी क्षतिको अनुमान गरिएको छ ।
हरिनगर गाउँपालिका वडा नम्बर–५ मा बसन्तपुरमा आगलागी पीडित परिवारलाई हरिनगर गाउँपालिकाको अध्यक्ष गफार अन्सारी मियाँको नेतृत्व टोलीले अग्निपीडित परिवारलाई राहत उपलब्ध गराएको छ ।
प्रहरीका अनुसार हिजो साँझ ६ बजे लागेको आगो राती ९ बजे नियन्त्रणमा आएको थियो ।
पीडित परिवारलाई सहयोग गर्ने आश्वासन दिएर फर्किएको केही घण्टामा नै राहत सामाग्री लिएर अग्निपीडितको घरमा गएर राहत उपलब्ध गराएका हुन् ।
रमेश मण्डलको टिनको छानो भएको घरमा साँझवत्ती बालिएको स्थानबाट आगो सल्केको बताइएको छ । सुनसरी प्रहरीका अनुसार आगलागीमा परी पृथ्वीचन्द्र मण्डल, मोहन मण्डल, पशुपती मण्डल, बिबेक मण्डल र तपन मण्डलको घर सहित गाईगोठ, अन्नपात र लत्ताकपडा सहित घरमा भएका सर–सामान पूर्ण रुपमा जलेको छ ।