झापामा खुकुरी देखाएर बस तोडफोड गर्ने एकजना पक्राउ

अनलाईन न्युजपाटी झापा,समाचारदाता,माघ १० गते।

झापामा सार्वजनिक बस तोडफोड भएको छ । पक्राउ पर्ने व्यक्ति सार्वजनिक गरिएको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बसको अगाडि र पछाडी भागको सिसा फुटेको प्रहरीले जनाएको छ ।

उनीहरुले बा ४ ख ८८९७ नम्बरको बस रोकेर उनीहरुले सिसा फुटाएका थिए भने बन्दको समयमा बस किन चलाएको भन्दै चालकलाई हप्काइ दप्काइ गरेको यात्रुहलाई उदृत गर्दै झापा प्रहरीले जनाएको छ । ती युवाहरुले बसका सिट समेत काटेका छन् ।

उनीहरुले बसमा आगोसमेत लगाउन खोजेको तर यात्रूहरु चिच्याएका कारण आगो भन नलगाएको झापा प्रहरीले जनाएको छ । बस तोडफोड गर्ने अन्य २ जनाको पनि खोजी भइरहेको प्रहरीको भनाई छ । उनीहरु विप्लव समुहको कार्यकर्ता भएको हुनक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *