अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ १६ गते।
फोर्स गाडी र अटो रिक्सा ठोक्किएर कैलालीमा दुर्घटना भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गोदावरी नगरपालिका–६ हरैया चोक नजिकै पूर्वबाट आइरहेको भे १ ख २७९८ नम्बरको फोर्स गाडी र से १ ह २११६ नम्बरको अटो रिक्सा एकआपसमा ठोक्किएर दुर्घटना प्रहरीले जनाएको छ।
दुर्घटनामा अटोमा सवार बाजुराको बुढीगंगा नगरपालिका–१० की ३० वर्षीया जुनु साउँद घाइते भएकी छन्। घुडा र टाउकोमा चोट लागेकी साउँदको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ।
फोर्स गाडी र अटो रिक्सासहित दुवैका चाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।