काठमाडौंमा पालिएका पन्छीमा बर्ड फ्लुको संक्रमण

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १८ गते।

काठमाडौंको तारेकेश्वरस्थित एउटा फार्ममा पालिएका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले विज्ञप्तीमार्फत जनाएको हो ।

तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको हो ।

त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

बर्डफ्लु पुष्टि भएपछि विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको छ ।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको प्रवक्ता ढकालले बताउनुभयो । यो बर्डफ्लु कहाँबाट सरेको हो भन्ने फेला पार्न नसकिएको प्रवक्ता ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *