चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ : अध्यक्ष पटेल

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, माघ २० गते।

हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट्र हुने बताउनु भएको छ । हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने अध्यक्ष पटेलले उदघोष गर्नुभयो ।

नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले आयोजना गरेको हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनुभयो ।

 अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूको चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो । उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई आपसमा भेटिदा जय श्रीरामको अभिवादन गर्न आग्रह गरेका छन ।

 हिन्दु जनजागरण कार्यक्रममा बोल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जोसिले हिन्दुहरूको आस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेको बताउनु भयो । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकोले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेको घटना बढदै गई रहेको छ । यसलाई रोक्न हिन्दुहरू जाग्नुपर्ने बताउनु भएको छ ।  कार्यक्रम भुवन मिश्राको अध्यक्षता मनिष मिश्राको संचालन तथा शुसिल गुप्ताको सहयोगमा कार्यक्रम  सम्पन्न भएको  विकास उपाध्याले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *